स्थानीय तह उपनिर्वाचनमा ४०७ जनाको मनोनयन दर्ता, कुन पदमा कति (विवरणसहित)

नेपालभ्युज

स्थानीय तह उपनिर्वाचनमा ४०७ जनाको मनोनयन दर्ता, कुन पदमा कति (विवरणसहित)
फाइल फोटो

काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि ४०७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगले आइतबार साँझ एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो  ।

आइतबार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक एवम् शान्तिपूर्ण रूपमा उम्मेदवारको मनोनयन पत्र दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।

कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा २ जना महिला र ओखलढुंगा जिल्ला समन्वय समितिको प्रमुखमा १ जना पुरुष उम्मेदवारको मनोनयन पत्र दर्ता भएको विज्ञप्तिमा जनाइएको छ ।

यसैगरी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त ८ पदका लागि ३५ महिला, ४८ पुरुष र १ अन्य गरी जम्मा ८४ जना उम्मेदवारको मनोनयन पत्र दर्ता भएको जारी विज्ञप्तिमा उल्लेख छ ।

आयोगका अनुसार गाउँपालिका र नगरपालिकाका वडा अध्यक्षको रिक्त ३४ पदका लागि २९ महिला, २९३ पुरुष र १ अन्य गरी जम्मा ३२३ जनाको मनोनयन पत्र दर्ता भएको प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् ।

उनका अनुसार सबैभन्दा धेरै धनुषा जिल्ला, धनुषाधाम नगरपालिका वडा नम्बर १ को वडा अध्यक्ष पदमा २१ जना र सबैभन्दा कम रूकुम (पूर्वी भाग) जिल्ला, पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्ष पद र बझाङ जिल्ला, सुर्मा गाउँपालिका वडा नं. ४ को वडा अध्यक्ष पदमा ३–३ जना उम्मेदवारी दर्ता भएको छ ।

कुन पदमा कति, यस्तो छ विवरण


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved