रवि र छविविरुद्ध काठमाडौंमा पनि पक्राउ पुर्जी, पोखराबाट ल्याएर अनुसन्धान गरिने

नेपालभ्युज

रवि र छविविरुद्ध काठमाडौंमा पनि पक्राउ पुर्जी, पोखराबाट ल्याएर अनुसन्धान गरिने

काठमाडौं । सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध काठमाडौंमा पनि पक्राउ पुर्जी जारी भएको छ ।

कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा रविसँगै नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको हो ।

यो सहकारी ठगी प्रकरणमा ६४५ बचतकर्ताले प्रहरीमा जाहेरी दिएका थिए । स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड रकम अपचलन भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

यसअघि उनीहरुविरुद्ध रुपन्देहीबाट पनि पक्राउ पुर्जी जारी भई अनुसन्धानको लागि लगिएको थियो ।

काठमाडौं जिल्ला अदालतका शिशिरराज ढकालले रवि र छविलाई आइतबार पक्राउ पुर्जी जारीका लागि अनुमति दिएका हुन् । अब उनीहरूमाथि अनुसन्धान गर्ने बाटो खुल्ला भएको छ ।

यसअघि यो सहकारी ठगी प्रकरणमा २४ जनाविरुद्ध पक्राउ पुर्जी समेत जारी भइसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved