कीर्तिपुरको मेयरमा कांग्रेसबाट कृष्णमान डंगोलले दिए उम्मेदवारी (तस्वीरहरु)

कांग्रेसले मेयर र उपमेयर मात्रै होइन, १० मध्ये ९ वटा वडाध्यक्ष पनि जितेको थियो । अघिल्लो पटक जितेकाले यसपटक पनि आफूहरूले नै जित्ने कांग्रेसको दाबी छ ।

कीर्तिपुरको मेयरमा कांग्रेसबाट कृष्णमान डंगोलले दिए उम्मेदवारी (तस्वीरहरु)

काठमाडौं । मंसिर १६ गते कीर्तिपुरको मेयरका लागि हुने उपनिर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट कृष्णमान डंगोलले उम्मेदवारी दिएका छन् ।

कांग्रेस कीर्तिपुर नगर समिति सभापति समेत हुन् । उम्मेदवारी दर्ता गर्न उम्मेदवारसँग महामन्त्री विश्वप्रकाश शर्मासहित सांसदहरू राजेन्द्र केसी, जीतसँग बस्नेतलगायतका नेताहरु गएका थिए ।

यस्तै कांग्रेसबाट वडा १ मा इच्छाकुमार महर्जन र वडा ४ मा राजेन्द्र बानियाँले उम्मेदवारी दिएका छन् ।

२०७९ को चुनावमा कांग्रेसका राजकुमार नकर्मी ९०४३ मत ल्याएर विजयी भएका थिए । उनको निधन भएपछि त्यहाँ उपचुनाव हुन लागेको हो ।

दोस्रो एमालेका केशरत्न बज्राचार्यले ५५०७ मत पाएका थिए भने माओवादीका शिवशरण मर्हनले ४०९० मत ल्याएका थिए ।

कांग्रेसले मेयर र उपमेयर मात्रै होइन, १० मध्ये ९ वटा वडाध्यक्ष पनि जितेको थियो । अघिल्लो पटक जितेकाले यसपटक पनि आफूहरूले नै जित्ने कांग्रेसको दाबी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved