कीर्तिपुरको मेयरमा नेसपा (नयाँ शक्ति)का दिलकुमारले दिए उम्मेदवारी (तस्वीरहरू)

कीर्तिपुरको मेयरमा नेसपा (नयाँ शक्ति)का दिलकुमारले दिए उम्मेदवारी (तस्वीरहरू)

काठमाडौं । यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकाको प्रमुख (मेयर) पदमा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को तर्फबाट दिलकुमार महर्जनले मनोनयन दर्ता गराएका छन् ।

उनले आज (आइतबार) कीर्तिपुरस्थित निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गराएका हुन् ।

महर्जन कीर्तिपुरको उपनिर्वाचनमा मेयरमा मनोनयन दर्ता गर्ने पहिलो उम्मेदवार भएका छन् ।

नेसपा (नयाँ शक्ति) पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको दल हो ।

यसअघि कीर्तिपुर नगररपालिका–१ को वडाध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवार विनोद महर्जनले मनोनयन दर्ता गएका थिए ।

कीर्तिपुर–१ को वडाध्यक्षका लागि स्वतन्त्र उम्मेदवार महर्जनले गराए मनोनयन दर्ता


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved