अग्रता जोगाउन नसक्ला विश्वविजेता अर्जेन्टिना पाराग्वेसँग पराजित

तर पाराग्वे चाँडै खेलमा फर्कियो । एन्टोनियो सानाबरियाले १९ औँ मिनेटमा बराबरी गोल फर्काए । ओमार अल्डेरेटेले ४७ औँ मिनेटमा गोल गर्दै पाराग्वेलाई २–१ को अग्रता दिलाए । एक गोलले पछि परेपछि अर्जेन्टिना आक्रमणमा उत्रियो । तर यसपछि गरेका प्रयास गोलमा परिणत नभएपछि तीन पटकको विश्वविजेता अर्जेन्टिना पराजित हुन पुगेको हो ।

नेपालभ्युज

अग्रता जोगाउन नसक्ला विश्वविजेता अर्जेन्टिना पाराग्वेसँग पराजित

काठमाडौं । सुरुवाती अग्रता जोगाउन नसक्दा विश्वकप फूटबलको विजेता अर्जेन्टिना पाराग्वेसँग पराजित भएको छ ।

विश्वकपको दक्षिण अमेरिकी छनोटअन्तर्गत शुक्रबार बिहान असुन्कियनमा भएको खेलमा अर्जेन्टिना घरेलु टोली पाराग्वेसँग २–१ गोल अन्तरले स्तब्ध बनेको हो ।

लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले खेलको सुरुवातीमै अग्रता लिएको थियो । लाउटारो मार्टिनेजले ११ औँ मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए ।

तर पाराग्वे चाँडै खेलमा फर्कियो । एन्टोनियो सानाबरियाले १९ औँ मिनेटमा बराबरी गोल फर्काए । ओमार अल्डेरेटेले ४७ औँ मिनेटमा गोल गर्दै पाराग्वेलाई २–१ को अग्रता दिलाए । एक गोलले पछि परेपछि अर्जेन्टिना आक्रमणमा उत्रियो । तर यसपछि गरेका प्रयास गोलमा परिणत नभएपछि तीन पटकको विश्वविजेता अर्जेन्टिना पराजित हुन पुगेको हो ।

हारका बाबजुद अर्जेन्टिना २२ अंकसहित तालिकाको शीर्षस्थानमा कायम छ । पाराग्वे १६ अंकका साथ छैटौँ स्थानमा छ । ।

दक्षिण अमेरिकाबाट ६ टोली सन् २०२६ मा अमेरिका, मेक्सिको र क्यानडामा हुन गइरहेको विश्वकपमा सिधै छनोट हुनेछन् ।

शुक्रबार बिहान नै भएको खेलमा पाँच पटकको विश्वविजेता ब्राजिल भेनेजुएलासँग बराबरीमा रोकिएको छ ।

पाँच पटकको विश्वविजेता ब्राजिल भेनेजुएलासँग बराबरीमा रोकियो

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved