काठमाडौं । मकवानपुरको बकैया गाउँपालिका-३ स्थित बुद्ध माविका प्रधानाध्यापक प्रेम बम्जनमाथि गोली प्रहार गर्ने एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सर्लाही जिल्ला बागमती -७ का ३० वर्षिय प्रमानन्द भन्ने विजनन्द ठाकुर रहेका छन् । बागमती-१ बोटगाउँका ४० वर्षिय बम्जनमाथि गत आइतबार झाप्सेमा गोली प्रहार भएको थियो ।
घटनामा संम्लग्न तीन जनामध्ये एक जनालाई पक्राउ गरिएको र अन्यको खोजी कार्य जारी रहेको बताइएको छ। ठाकुरलाई बागमती – १२ बथानेटोल सर्लाहीबाट प्रहरी टोलीले नियन्त्रणमा लिएको सिन्धुली प्रहरीले जनाएको छ ।
गोली प्रहारबाट घाइते भएका बम्जनको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ ।
Facebook Comment
Comment