दीपक मनाङे जेल चलान

नेपालभ्युज

दीपक मनाङे जेल चलान

काठमाडौं । अन्तत: दीपक मनाङे ऊर्फ राजीव गुरुङ जेल चलान भएका छन् ।

ज्यान मार्ने उद्योगमा दोषी ठहर भएसँगै पक्राउ परेका पूर्वमन्त्री एवम् गण्डकी प्रदेशसभा सदस्य मनाङे मङ्गलबार डिल्लीबजार कारागार चलान भएका हुन् ।

आजै बिहान काठमाडौंको सानोभर्‍याङबाट पक्राउ परेका मनाङेलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले फैसला कार्यान्वयनका लागि जिल्ला अदालत, काठमाडौंमा पेस गरेको थियो ।

यसलगत्तै अदालतले उनलाई केन्द्रीय कारागार पठाएको हो ।

मनाङेलाई उच्च अदालतले दोषी ठहर गरेको थियो तर, मनाडे आफैँ सर्वोच्च अदालत गएका थिए । तर, सर्वोच्चले उच्चकै फैसला सदर गरेपछि उनी जेल चलान भएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved