रविलाई रुपन्देही लगिँदै, पुर्‍याइयो पोखरा विमानस्थल

नेपालभ्युज

रविलाई रुपन्देही लगिँदै, पुर्‍याइयो पोखरा विमानस्थल

काठमाडौं । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कास्कीबाट आज (मंगलबार) रुपन्देही लगिँदै छ । यसै शिलशिलामा बिहान पोखरा विमानस्थल पुर्‍याइएको छ ।

पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणलाई लिएर रुपन्देहीमा पनि मुद्दा परेकाले अनुसन्धानका लागि त्यहाँ लान लागिएको हो ।

यसैबीच उनी नेतृत्वको दल रास्वपाले आज रुपन्देहीमा प्रदर्शन गर्ने भएको छ ।

सहकारीको रकम अपचलन गरेको आरोपमा लामिछाने पक्राउ परेपछि रास्वपाले निरन्तर प्रदर्शन गर्दै आएको छ ।

यसअघि पोखरा र काठमाडौंमा प्रदर्शन गरेको रास्वपाले आज लुम्बिनी गेट भैरहवामा प्रदर्शन गरिने जनाएको छ ।

लुम्बिनीका सबै जिल्लाका रास्वपाका शुभेच्छुकलाई विहान ११ बजे भैरहवा पुग्न सर्कुलर गरिएको बताइएको छ ।

यता ठगीमा लामिछानेको नाम मुछिएको सुप्रिम सहकारीका पीडितले पनि आन्दोलनको तयारी गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved