एजेन्सी । होम सिकनेस् अर्थात् घरबाट टाढा भएपछि हुने बेचैनी, जसले कतिपयलाई गाह्रो बनाउने गर्छ । पढाई वा जागिरको सिलसिलामा आज हरेक व्यक्ति घरबाट टाढा बस्दैछन् । यो कुरा सबैको लागि सजिलो छैन । वास्तवमा जो व्यक्तिहरू आफ्नो परिवारसँग धेरै नजिक हुन्छन्, उनीहरूको लागि घरबाट टाढा बस्न धेरै गाह्रो हुन्छ ।
यसले उनीहरूलाई बेचैनी हुन थाल्छ । कुनै पनि काममा मन लाग्दैन । सधैँ उदासी छाउँछ । यसैलाई होम सिकनेस भनिन्छ । यस्तो अवस्थामा घरबाट टाढा बस्ने व्यक्तिहरूले आफूलाई सकारात्मक राख्नु धेरै जरूरी हुन्छ । यसको लागि केही सजिला टिप्सहरू अपनाउन सक्नुहुन्छ ।
व्यस्त रहने
आफूलाई व्यस्त राख्नु होम सिकनेससँग जुध्ने सबैभन्दा सजिलो र प्रभावकारी तरिका हो । आफ्ना रूचिका कुराहरूलाई फेरि अपनाउनुहोस्, जस्तै- पेन्टिङ, अध्ययन, संगीत वा कुनै नयाँ सीप सिक्ने गर्नुहोस् । जति धेरै तपाईं व्यस्त हुनुहुन्छ, त्यति नै कम घरको याद आउनेछ ।
नयाँ ठाउँमा जानुहोस्
होम सिकनेसबाट बच्नको लागि तपाईंले नयाँ ठाउँलाई चिन्ने र बुझ्ने प्रयास गर्नुपर्छ । त्यहाँका स्थानीय क्याफे, पार्क, संग्रहालय वा पर्यटकीय स्थलहरू हेर्नुहोस् । यसले तपाईंको मन आफै रमाउन थाल्नेछ ।
नयाँ साथी बनाउने
यदि तपाईं जागिर वा पढाइको लागि घरबाट टाढा हुनुहुन्छ भने तपाईंले आफ्नो कामको अतिरिक्त नयाँ साथीहरू बनाउनेतर्फ पनि ध्यान दिनुपर्छ । जबसम्म तपाईं आफूलाई त्यहाँ राम्ररी घुलमिल गर्न सक्नुहुन्न, तबसम्म साथीहरूसँग बढी समय बिताउनुहोस् । यसले तपाईंको होम सिकनेस हट्नेछ ।
साना–साना कुरामा खुसी खोज्ने
यदि तपाईं घरबाट टाढा बस्न सक्नुहुन्न भने साना–साना कुराहरूमा आफ्नो खुसी खोज्नुहोस् । जस्तै- राम्रो मौसममा बाहिर घुम्ने, नयाँ परिकार प्रयास गर्ने, वा किताबहरू पढ्ने । यी टिप्सहरूले तपाईंको मानसिक सन्तुलन कायम राख्न मद्दत गर्नेछन् । तपाईं पनि आफूमा सकारात्मकता महसुस गर्नुहुनेछ ।
धैर्य राख्ने
हामी सबैलाई थाहा छ नयाँ ठाउँमा आफूलाई घुलमिल गर्न समय लाग्छ । आफूमाथि हरेक कुरा छिटो घुलमिल गर्ने दबाब नदिनुहोस् । बिस्तारै तपाईं आफूलाई त्यहाँको वातावरणमा घुलमिल गर्न सक्नुहुनेछ । त्यसैले धैर्य राख्नु जरूरी छ ।
परिस्थितिलाई स्वीकार्ने
तपाईंले यो स्वीकार्नु पर्छ कि अब यही तपाईंको जीवन हो । जति चाँडो तपाईं स्वीकार्नुहुन्छ, त्यो तपाईंको लागि त्यति नै राम्रो हुनेछ । परिवारका सदस्यसँग फोनमा कुराकानी गर्नुहोस् ।
दुईदेखि तीन महिनामा तपाईं घर पनि घुमेर आउनुहोस् । यसले तपाईं परिवारसँग पनि जोडिएर रहनुहुनेछ र तपाईंलाई होम सिकनेस पनि हुनेछैन ।
Facebook Comment
Comment