दीपक मनाङेले भने – पूर्णपाठ आएपछि अदालतमा उपस्थित हुन्छु

नेपालभ्युज

दीपक मनाङेले भने – पूर्णपाठ आएपछि अदालतमा उपस्थित हुन्छु
फाइल फोटो

काठमाडौं । सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योगमा पाँच वर्ष कैद सजाय सुनाइएका गण्डकीका प्रदेशसभा सदस्य दीपक मनाङेले फैसलाको पूर्णपाठ आएपछि उपस्थित हुने बताएका छन् ।

प्रेस विज्ञप्ति जारी गर्दै मनाङेले यस्तो बताएका हुन् । अदालतको फैसलापछि मोबाइल अफ गरेर बसेको उनको भनाइ छ ।

विज्ञप्तिमा भनिएको छ, ‘फैसला आउँदाको दिनदेखि केही गुणस्तरहीन सञ्चारमाध्यमहरुबाट तारन्तार आइरहेका कलहरुले गर्दा केही समयका लागि मैले प्रयोग गर्दै आएको मोबाइल बन्द गरेको छु । यही विषयलाई लिएर विभिन्न सञ्चारमाध्यमहरुमा भ्रामक समाचारहरु सम्प्रेषण भइरहेको पाएको छु । यसमा मेरो आपत्ति छ । अन्तमाः सम्मानित सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ लिखित रुपमा प्राप्त भएपछि अदालतमा म स्वयम् उपस्थित हुने कुरा जानकारी गराउन चाहन्छु ।’

गत मंगलबार सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले मनाङेविरुद्ध ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसलालाई सदर गरेको हो ।

उच्च अदालतले ज्यान मार्ने उद्योगमा मनाङेलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो । तर, उनी त्यस फैसलाविरुद्ध सर्वोच्च गएका थिए ।

मनाङे मनाङको प्रदेश निर्वाचन क्षेत्र १ (ख)बाट निर्वाचित स्वतन्त्र सांसद हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved