छठको समापन : उदाउँदो सूर्यलाई अर्घ्य (तस्वीरहरू)

छठको समापन : उदाउँदो सूर्यलाई अर्घ्य (तस्वीरहरू)

काठमाडौं । कार्तिक शुक्ल चौथीका दिनदेखि सुरु भएको छठ पर्वको आज (शुक्रबार) अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ्य दिइएको छ ।

बौद्धस्थित बागमतीघाट र पशुपति क्षेत्रस्थित गुह्येश्वरीमा निर्माण गरिएको छठघाटमा छठीमाताको पूजा–आराधना गरी उदाउँदो सूर्यलाई अर्घ्य दिइएको हो ।

चार दिनसम्म विभिन्न विधि गर्दै मनाइएको यस पर्वको चौथो दिन आज बिहान काठमाडौंसँगै तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलसहित देशभरिका जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै समापन गरिएको छ ।

छठको मुख्यदिन बिहीबार निराहार व्रत बसेका व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए । यसपछि उनीहरू रातभर छठघाटमै जाग्राम बसेका थिए । छठको विधि भने कोजाग्रत पूर्णिमाका भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि नै सुरु भएको हो ।

कार्तिक शुक्ल सप्तमीका अवसरमा शुक्रबार बिहान उदाउँदाे सूर्यलाई अर्घ्य दिएपछि चार दिन लामो छठको व्रत विधि सम्पन्न भएको छ । बागमतीघाट र गुह्येश्वरी क्षेत्रमा छठ पर्व मनाउन आउने भक्तजनको घुइँचो लागेको थियो ।

बागमतीघाटका तस्वीरहरूः

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved