बाइडनले ट्रम्पलाई बोलाए ह्वाइट हाउस

नेपालभ्युज

बाइडनले ट्रम्पलाई बोलाए ह्वाइट हाउस

काठमाडौं । अमेरिकाका वर्तमान राष्ट्रपति जो बाइडनले भर्खरै सम्पन्न राष्ट्रपतीय चुनाव जितेका डोनाल्ड ट्रम्पलाई बधाई दिँदै ह्वाइट हाउस आउन निमन्त्रणा दिएका छन् ।

बाइडनले ट्रम्पलाई फोन गरी बधाई दिँदै सत्ता हस्तान्तरण प्रक्रियाबारे छलफल गर्न ह्वाइट हाउस आमन्त्रण गरेको ट्रम्प अभियानले जानकारी दिएको छ ।

ट्रम्प अभियानका प्रवक्ता स्टिभन चाङले भने, ‘ट्रम्प छिट्टै हुने बैठकको प्रतीक्षामा हुनुहुन्छ र उहाँले उक्त फोनको धेरै प्रशंसा गर्नुभएको छ ।’

अमेरिकी राष्ट्रपति चुनावको परम्पराअनुसार वर्तमान राष्ट्रपतिले सामान्यतया नव निर्वाचित राष्ट्रपतिलाई सत्ता हस्तान्तरण प्रक्रियाबारे छलफल गर्न ह्वाइट हाउसमा निम्तो र स्वागत गर्ने गर्छन् ।

बाइडनले अमेरिकी परम्परा अनुसार नयाँ राष्ट्रपति ट्रम्पलाई अर्को वर्ष जनवरी २० मा औपचारिक रुपमा सत्ता हस्तान्तरण गर्नेछन् ।

वासिङ्टन डिसीमा हुने नयाँ राष्ट्रपतिको शपथग्रहण समारोहमा दुवै जना सहभागी हुन्छन् ।

तर, सन् २०२० को चुनावबाट बाइडेन राष्ट्रपतिमा निर्वाचित हुँदा ट्रम्पले यो परम्परा पालना गरेनन् । उनले चुनावमा धाँधली भएको भन्दै अदालतमा मुद्दा हालेका थिए । तर, जितेनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved