काठमाडौं । विशेषगरी घरमा बालबालिका र वृद्ध–वृद्धा हुँदा हरेक कुराको ख्याल राख्नुपर्छ । यसैले दराजदेखि भान्साकोठामा राखिने सामानलाई यसरी राख्नुपर्छ कि कसैलाई पनि हानी नहोस् ।
त्यसो गर्दा पनि केही न केही यस्तो भइरहन्छ कि बालबालिका र वृद्ध–वृद्धालाई जोखिम भइरहन्छ । यी जोखिममध्ये एक हो, उपयुक्त बाथरुम नहुनु । यदि घरमा उपयुक्त बाथरुम छैन भने त्यहाँ चिप्लिने जोखिम रहन्छ ।
कहिलेकाहीँ त चिप्लिएर हड्डी नै भाँचिन सक्छ । यस्तो अवस्थामा यदि तपाईंको घरमा पनि वृद्ध–वृद्धा वा बालबालिका छन् भने आफ्नो बाथरुमलाई आजै सुरक्षित बनाउनुहोस् । यसको लागि केही यस्ता सुरक्षा उपकरणहरूको प्रयोग गर्नुहोस्, जसले तपाईंको बाथरुमलाई सुरक्षित बनाउनेछ । यी उपकरणहरूको कारणले हुनसक्ने दुर्घटनाबाट बचाउन सकिन्छ ।
एन्टी–स्लिप म्याट्स
यो सबैको बाथरुमको लागि सबैभन्दा महत्त्वपूर्ण चीज हो । वास्तवमा बाथरुमको भुईँमा प्रायः पानी जम्मा हुन्छ, जसले चिप्लिने जोखिम हुन्छ । यस्तो अवस्थामा एन्टी–स्लिप म्याट्स राख्दा भुईँमा राम्रोसँग अडिन्छ र चिप्लनबाट बचाउँछ ।
सहयोगको लागि ह्यान्डल
बाथरुमको भित्तामा ह्यान्डल जडान गर्दा बालबालिका र वृद्ध–वृद्धालाई सहारा मिल्छ । यसलाई सावरको नजिक र शौचालयको नजिक जडान गर्नुपर्छ ताकि सन्तुलन कायम राख्न मद्दत मिलोस् । कहिलेकाहीँ साबुनको पानीले खुट्टा चिप्लिँदा यो ह्यान्डलले चिप्लनबाट बचाउँछ ।
नाइट लाइट्स
रातमा बाथरुम जानको लागि पर्याप्त उज्यालो हुनुपर्छ । नाइट लाइट्स भएमा वृद्ध–वृद्धालाई रातमा बाथरुम जान सजिलो हुन्छ र अँध्यारोमा दुर्घटनाको जोखिम कम हुन्छ ।
बाथरुममा बस्नको लागि टुल
यदि बाथरुममा वृद्ध–वृद्धाहरूले नुहाउनु पर्ने भएमा एउटा टुल राख्नु सहयोगी हुन सक्छ । यसमा बसेर उनीहरूले आरामसँग नुहाउन सक्छन्, जसले लड्ने जोखिम कम हुन्छ ।
वाटर–प्रुफ फर्स्ट–एड किट
बाथरुममा चिप्लिएर चोट लाग्ने अवस्थामा प्राथमिक उपचारको आवश्यकता पर्न सक्छ । एउटा सानो वाटर प्रुफ फर्स्ट–एड किट बाथरुममा राख्दा चोट लागेमा तुरुन्तै उपचार गर्न सकिन्छ ।
Facebook Comment
Comment