त्रिभुवन विमानस्थलबाट ५ किलो ७०० ग्राम सुनसहित ३ जना विदेशी नागरिक पक्राउ

नेपालभ्युज

त्रिभुवन विमानस्थलबाट ५ किलो ७०० ग्राम सुनसहित ३ जना विदेशी नागरिक पक्राउ

काठमाडौं– पाँच किलो ७०० ग्राम सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीनजना विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा चिनियाँ नागरिक जियानझोङ र म्यानमारका सातनाइनटुङ र इन ङोन फू छन् ।

उनीहरूलाई मंगलबार साँझ पक्राउ गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता डीएसपी शैलेन्द्र थापाले नेपाल भ्युजलाई जानकारी दिए ।

उनका अनुसार उनीहरूलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालय र सशस्त्रको विमानस्थल भन्सार सुरक्षा बेसको संयुक्त टोलीले निमन्त्रणमा लिएको हो ।

‘पक्राउ परेका तीनजना एयर अरेबियाको उडान नं. जी ९५३० मा यूएईकाे शारजाहबाट काठमाडौं आएका थिए । भन्सार ब्यागेज क्षेत्रमा रिचेक (पुनः जाँच) गर्ने क्रममा लगेजभित्रको १२ थान स्पिकरमा सुन लुकाइराखेको भेटिएकाले उनीहरू पक्राउ परेका हुन्,’ सहप्रवक्ता थापाले भने ।

नियन्त्रणमा लिइएका तीनै जनालाई आवश्यक अनुसन्धानका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा राखिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved