तीन सय ४० किलो गाँजासहित ट्रक नियन्त्रणमा

नेपालभ्युज

तीन सय ४० किलो गाँजासहित ट्रक नियन्त्रणमा

इनरुवा – सुनसरीको कोसी गाउँपालिका–७ हरिपुरबाट शनिबार तीन सय ४० किलोग्राम गाँजासहित एक ट्रक नियन्त्रणमा लिइएको छ ।

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट गएको टोलीले जाँच गर्दा सो परिमाणको गाँजासहित ट्रक नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक राजाराम तिम्सिनाले जानकारी दिए ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ०४१४ नं को ट्रकबाट गाँजा लैजाँदै गरिएको अवस्थामा प्रहरीले रोक्न खोज्दा चालक ट्रक छोडेर भागेका थिए । यस विषयमा थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ । –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved