भाइटीकाको शुभ साइत आइतबार बिहान ११:३७ बजे

नेपालभ्युज

भाइटीकाको शुभ साइत आइतबार बिहान ११:३७ बजे

काठमाडौ। भाइटीकाको साइत आइतबार बिहान ११ः ३७ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बिहान ११ः ३७ बजे भाइटीकाको उत्तम साइत रहेको तर, दिनभरी नै टीका लगाउन मिल्ने जानकारी दिए ।

पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने उनले बताए । नेवार समुदायले मनाउने किजापूजा पनि त्यसै दिन गर्नुपर्ने समितिले जनाएको छ ।

नेपालीको दोस्रो ठूलो चाड तिहार कात्तिक १३ गते मंगलबारदेखि सुरु भएको हो । समितिका अनुसार कात्तिक २२ गते बिहीबार छठ पर्व परेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved