सातदोबाटोबाट बस चढेकी युवतीलाई बसपार्क लगेर चालक-सहचालकले गरे बलात्कार !

पीडित युवतीले प्रहरीलाई फोन गर्न लाग्दा आफूले मोबाइल फुटाइदिएको चालक दिपेश कोइरालाले स्विकार गरेका छन् । घटनाको विषयमा कसैलाई भनेमा मारिदिन्छौँ भन्दै धम्काएको पनि स्विकारी बयान दिएका छन् ।

नेपालभ्युज

सातदोबाटोबाट बस चढेकी युवतीलाई बसपार्क लगेर चालक-सहचालकले गरे बलात्कार !
फोटो- स्केच एआई

काठमाडौं । ललितपुरको सातदोबाटोबाट बस चढेकी एक युवतीलाई रिङरोड परिक्रमा गर्ने एक बसका चालक र सहचालकले सामूहिक बलात्कार गरेका छन् । घटनाको भोलिपल्टै पक्राउ परेका चालक जेल चलान भएका छन् । सहचालक (खलासी) भने फरार छन् ।

असोज ९ गते साँझ ५ बजे एक युवती सातदोबाटोबाट बसपार्क जाँदै थिइन् । गाडी कुरिरहेकी थिइन् । उनको अगाडी बा ५ ख ७१३३ नम्बरको महानगर यातायात रोकियो ।

बसमा सहचालक रौतहट जिल्ला चन्द्रपुर २ बस्ने २७ वर्षको आकाश भन्ने बुद्धिमान वाइबा थिए । चालक थिए, संखुवासभा खांदबारी ६ घर भई कपन बस्ने वर्षका २३ दिपेश कोइराला ।  यात्रु भरिभाउ थिए । युवती बसपार्क जान भन्दै गाडीमा चढिन् ।  गाडी कलंकी हुँदै अघि बढ्यो ।

चालक र सहचालकले सबै यात्रुलाई माछापोखरीमै ओराले । गाडी पार्किङको लागि बसपार्क जान लागेको बताए ।

सबै यात्रुलाई झारी सहचालक बुद्धिमान वाइबा र चालक दिपेश कोइरालाले अर्को बसमा हालिदिए । बसपार्क जान लागेकी युवती पनि माछापोखरीमै झर्न खोजिन् । तर, उनलाई रोकेर बसपार्क लगेर ओराल्ने चालक – सहचालकले बताए ।

बस बसपार्क लाग्यो । सहचालकले युवतीलाई पान पिउन दिए । पानी पिएपछि आफू झुम्म पारी निदाएको युवतीले बताएकी छिन् ।

आफू ब्युँझँदा काठमाडौं २६ बसपार्कस्थित गुरुमा नामको होटलको कोठा नं. १०९ मा रहेको पाएको जाहेरीमा लेखेकी छिन् ।

साथमा आफूसँगै चालक र सहचालक नग्न अवस्थामा ब्युँझिएको र पटकपटक सामूहिक बलात्कारको सिकार भएको पीडितले जाहेरी दिएकी छिन् ।

पीडित युवतीले प्रहरीलाई फोन गर्न लाग्दा आफूले फोन फुटाइदिएको चालक दिपेश कोइरालाले बयानमा स्विकार गरेका छन् । घटनाको विषयमा कसैलाई भनेमा मारिदिन्छौँ भन्दै धम्काएको पनि स्विकार गरेका छन् ।

त्यो रात कोठाबाट बाहिर निस्कन नदिई रातभर कोठामा थुनी भोलिपल्ट १० गते बिहानसम्म बलात्कार गरेको पीडितले बताएकी छिन् ।

त्यसपछि चालक र सहचालक भागेर गए । चालक भने बस चलाउन भए । सहचालक भने भागे । पीडितको जाहेरीपछि चालक १० गते साँझ पक्राउ परेका हुन् । उनीविरुद्ध काठमाडौं अदालतमा मुद्दा दर्तापछि जेल चलान भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved