एनसेल फाउन्डेसनसँगको सहकार्यमा भूमि लोक महोत्सव सम्पन्न 

नेपालभ्युज

एनसेल फाउन्डेसनसँगको सहकार्यमा भूमि लोक महोत्सव सम्पन्न 

धनुषा । भूमि फाउन्डेसनले एनसेल फाउन्डेसनको सहकार्यमा जनकपुरस्थित तिरहुतिया गाछीमा भूमि लोक महोत्सव सम्पन्न गरेको छ । मिथिला भेगका विविध लोक संगीत संस्कृतिको संरक्षण र पुनरुत्थान गर्ने उद्देश्यसहित आयोजना गरिएको उक्त महोत्सव शनिबार सम्पन्न भएको हो ।

महोत्सवमा मधेस प्रदेशबाट झन्डै लोप हुन लागेका लोक सङ्गीत तथा बाजाहरुको प्रस्तुतिदेखि भारतका विख्यात गायिका डा. रञ्जना झाको समूहको शास्त्रीय मैथिली लोक संगीत समेत समेटिएको थियो ।

यस कार्यक्रममा मिथिला संस्कृतिका धरोहरका रूपमा रहेका तर हाल लोप हुने जोखिममा रहेका पमरिया, रसनचौकी र झरी–झरी नाचलगायतका प्रस्तुतिहरु समेटिएको थियो ।

राष्ट्रियस्तरमा ख्याती कमाएका कलाकारहरू सुशान्त घिमिरे र राग, झुमा लिम्बू, फ्याटकाउली, आशिष एण्ड अभिषेक, रूपेश झा आदिले सांगीतिक प्रस्तुति गरेको यस कार्यक्रममा काठमाडौंका नृत्य परम्पराको झल्कोसहित सुदन मुनिकारले भैरव काली नाच तथा सुबिमा श्रेष्ठको समूहले कत्थक नाच पनि प्रस्तुत गरेका थिए ।

दशैंका बेला मिथिला–मधेस क्षेत्रमा गाइने झिझिया नृत्यमा स्थानीय हिमाली स्कुलका विद्यार्थीहरूले निकै नै मनमोहक प्रस्तुति गरेका थिए ।

हालै राष्ट्रिय टेलिभिजनको एउटा प्रतिष्ठित कार्यक्रममा आफ्नो विशेष प्रयोगात्मक प्रस्तुतिले ख्याति कमाएका स्थानीय युवा र्‍यापर सन्तोष झाका मैथिली र्‍यापले युवा पुस्तामाझ थप ऊर्जा तथा उत्साह बढाएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved