राजेन्द्र लिङ्देनको टिप्पणी : रास्वपा हावादारी पार्टी, फेदटुप्पो केही थाहा छैन

नेपालभ्युज

राजेन्द्र लिङ्देनको टिप्पणी : रास्वपा हावादारी पार्टी, फेदटुप्पो केही थाहा छैन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई हावादारी पार्टी भएको टिप्पणी गरेका छन् ।

पार्टीको कीर्तिपुर नगर कमिटीले मंगलबार आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । रास्वपासँग देशलाई अघि बढाउने कुनै योजना नभएको उनको भनाइ छ ।

उनले भने, ‘अर्को कुनै हावादारी आएर कुनै योजना पनि छैन । उसको फेद के हो, टुप्पो के हो – केही पनि थाहा छैन, कुनै अनुभव पनि छैन । भोलि उसले जित्यो भने के गर्छ त्यो पनि थाहा छैन । त्यसै विकल्प भनेर हावामा भोट दिएर फेरि बाँकी समय बर्बाद गर्ने ?’

आफ्नो पार्टी मात्र सुशासनको पक्षधर रहेको भन्दै उनले जनताले उपनिर्वाचनमा साथ दिने उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved