सुनको असर्फी किन्नेको भिड (तस्वीरहरू)

सुनको असर्फी किन्नेको भिड (तस्वीरहरू)

काठमाडौं । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सुनको असर्फी किन्नेको भिड लागेको छ ।

धनतेरसमा सुनचाँदीका सिक्का किन्ने चलन छ । सोहीअनुसार सुनको असर्फी किन्नेको भिड लागेको हो । सर्वसाधारण मंगलबार बिहान ५:३० बजेदेखि लाइनमा बसिरहेका छन् । लाइन सडकसम्म पुगेको छ ।

टक्सारले आज एकदिन मात्र २.५ ग्रामको सुनको असर्फी बिक्री गर्नेछ । असर्फी करिब १४०० थान रहेको राष्ट्र बैंकले जनाएको छ । असर्फी लिन नागरिकता वा अन्य सरकारी डकुमेन्ट अनिवार्य गरिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved