बंगलादेशले भुटानलाई हराउँदाको क्षण (१२ तस्वीर)

बंगलादेशले भुटानलाई हराउँदाको क्षण (१२ तस्वीर)

काठमाडौं । भुटानलाई हराउँदै बंगलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा बंगलादेशले भुटानलाई ७-१ गोलअन्तरले पराजित गरेको हो ।

बंगलादेशका लागि तोहुरा खातुनले ह्याट्रिक गरिन् भने सबिना खातुनले दुई तथा रितु पोर्ना चक्माले एक गोल गरिन् । यता भुटानका लागि देकी ल्हजोमले एक गोल फर्काइन् ।

अब बंगलादेशले दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिको लागि प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनलमा नेपाल र भारतबीच साँझ साढे ६ बजे आमनेसामने हुनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved