कसैलाई छुँदा किन लाग्छ करेन्ट ?

नेपालभ्युज

कसैलाई छुँदा किन लाग्छ करेन्ट ?

एजेन्सी । कहिलेकाहीँ जब तपाईं कुनै व्यक्तिलाई छुनुहुन्छ, करेन्टको झट्का लागे जस्तो महसुस हुन्छ वा सुईले घोचेको जस्तो अनुभव हुन्छ । यस्ता दृश्य फिल्महरूमा पुनर्जन्म र पुनर्मिलनसँग जोडिएको हुन्छ तर, के वास्तविक जीवनमा पनि यी कुरासँग रहस्य जोडिएको छ ? तपाईंलाई पनि यस्ता प्रश्न मनमा लागेको हुन सक्छ । त्यसैले आज यसको पछाडिको कारण के हो जानौँ ।

वास्तवमा एक व्यक्तिले अर्को व्यक्तिलाई छुँदा लाग्ने करेन्ट कुनै पुनर्जन्म वा पुनर्मिलनसँग जोडिएको हुँदैन । यसमा एक वैज्ञानिक कारण छ । संसारको हरेक चीज एटमबाट बनेको छ । जसमा इलेक्ट्रोन, प्रोटोन र न्युट्रोन हुन्छ । विज्ञानकाअनुसार हाम्रो शरीरमा पनि इलेक्ट्रोन र प्रोटोन पाइन्छ । इलेक्ट्रोनमा नेगेटिभ चार्ज हुन्छ, जबकि प्रोटोनमा पोजेटिभ चार्ज ।

धेरैजसो समय हाम्रो शरीरमा इलेक्ट्रोन र प्रोटोन बराबर हुन्छ, तर कहिलेकाहीँ यी अनियन्त्रित वा असन्तुलित हुन्छ । यस अवस्थामा शरीरमा भएका इलेक्ट्रोनमा धेरै हलचल उत्पन्न हुन्छ । विज्ञानकाअनुसार जब कुनै चीजमा (चाहे त्यो कुनै मानिस नै किन नहोस्) इलेक्ट्रोनको संख्या बढ्छ, त्यसमा नेगेटिभ चार्ज पनि बढ्छ ।

यस अवस्थामा यी नेगेटिभ इलेक्ट्रोनले कुनै व्यक्ति वा वस्तुमा भएका पोजेटिभ इलेक्ट्रोनलाई आफूतिर आकर्षित गर्छ ।वैज्ञानिककाअनुसार जुन बेला नेगेटिभ इलेक्ट्रोनले पोजेटिभ इलेक्ट्रोनलाई आफूतिर आकर्षित गर्छ, त्यस बेला हामीले कुनै व्यक्ति वा वस्तुलाई छोयौँ भने करेन्ट लागे जस्तो महसुस हुन्छ । यसलाई स्ट्याटिक एनर्जी पनि भनिन्छ ।

धेरै यस्ता वस्तुहरू छन्, जो खराब इन्सुलेटिङ मटरियलको श्रेणीमा पर्छ, जस्तै- ऊनीको कपडा । जाडो याममा धेरै पटक करेन्टको अनुभव हुनुको पछाडि यो पनि एउटा कारण हो । यसबाहेक नाइलन, पोलिएस्टर, जनावरको रौँ र मानिसको कपाल पनि खराब इन्सुलेटिङ मटरियल हुन्, जसलाई छुँदा करेन्टको अनुभव हुन सक्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved