चितवन जाँदै गरेको भ्यान धादिङमा दुर्घटना, ११ जना घाइते

नेपालभ्युज

चितवन जाँदै गरेको भ्यान धादिङमा दुर्घटना, ११ जना घाइते

काठमाडौं । धादिङमा भ्यान दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

काठमाडौंबाट चितवनको कुरिनटार जाँदै गरेको बागमती प्रदेश ०१–०३० च ७६५९ नम्बरको भ्यान शुक्रबार दिउँसो थाक्रे गाउँपालिका-६ महादेवबेशी नजिकै दुर्घटना भएको हो ।

घाइतेहरुमध्ये तीन जनाको अवस्था मध्यम र अन्यको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । सो भ्यान मनकामना दर्शनका लागि जाँदै गरेकाहरुले रिजर्भ गरेका थिए ।

दुर्घटनामा घाइते भएकाहरुलाई महादेवबेशीको टाइम्स केयर अस्पताल लगिएको छ । भ्यान दुर्घटनाको कारण खुलिसकेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved