साफ महिला च्याम्पियनसिप

माल्दिभ्सलाई १३-० ले हराउँदै भुटान सेमिफाइनलमा

नेपालभ्युज

माल्दिभ्सलाई १३-० ले हराउँदै भुटान सेमिफाइनलमा

काठमाडौं। माल्दिभ्सको पोस्टमा एक दर्जन गोल गर्दै भुटान साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा भुटानले माल्दिभ्सलाई १३–० को फराकिलो अन्तरले पराजित गरेको हो ।

यससँगै ३ अंक प्राप्त गरेको भुटान समूह ‘बी’को शीर्ष स्थानमा उक्लिएको छ। ४ अंक भएको नेपाल दोस्रो स्थानमा झरेको छ ।

अब समूह ‘बी’को विजेता र उपविजेताको छिनोफानो हुन बेलुकी साढे ५ बजे नेपाल र श्रीलंकाबीचको खेल कुर्नुपर्ने हुन्छ ।

यसअघि नै समूह ‘ए’बाट बंगलादेश समूह विजेता र भारत उपविजेता बन्दै सेमिफाइनल पुगिसकेको छ । आइतबार सेमिफाइनलको दुबै खेल हुनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved