छविलाल जोशीसँग लिइयो साढे ७ घण्टा लामो बयान

नेपालभ्युज

छविलाल जोशीसँग लिइयो साढे ७ घण्टा लामो बयान

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व–डिआइजी छविलाल जोशीसँग जिल्ला सरकारी वकिलको कार्यालय रूपन्देहीले साढे ७ घण्टा लामो बयान लिएको छ ।

पोखराको सूर्यदर्शन सहकारी ठगीमा पक्राउ परेका जोशीको नाम रूपन्देहीको सुप्रिम सहकारी ठगीमा पनि जोडिएका कारण बयानका लागि भैरहवा लगिएको थियो ।

संसदीय छानबिन समितिको सिफारिस तथा सहकारी पीडितहरूको उजुरीपछि जोशीलाई पक्राउ गरिएको थियो । गत असोज ६ गते काठमाडौंमा पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कास्की लगिएको थियो ।

जोशीलाई सोमबार अपराह्न सरकारी वकिलको कार्यालय भैरहवामा उपस्थित गराएपछि समय अभावका कारण मंगलबार बयान लिइएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved