प्रधानमन्त्रीलाई विपक्षीको ज्ञापनपत्र : तानाशाही लाद्ने प्रयास नगर्न चेतावनी (पूर्णपाठसहित)

नेपालभ्युज

प्रधानमन्त्रीलाई विपक्षीको ज्ञापनपत्र : तानाशाही लाद्ने प्रयास नगर्न चेतावनी (पूर्णपाठसहित)

काठमाडौं ।  विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् ।

सोमबार बेलुका ८ बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेर  ज्ञापनपत्र बुझाएका उनीहरुले तानाशाही लाद्ने प्रयास नगर्न चेतावनी दिएका छन् ।

ज्ञापनपत्रमा भनिएको छ, ‘राज्य सामु आएका जल्दा बल्दा समस्याहरूलाई सम्बोधन गर्न संसदमा रहेका प्रतिपक्षी दलहरु समेतको सल्लाह सहयोग लिई एकताको सन्देश प्रवाहित गर्नुको साटो सरकार टिकाउन दुई दलीय तानाशाही लाद्न तथा अन्य दलहरूलाई विभाजन गर्ने उद्देश्य राखेर राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गर्ने जस्ता कुनै पनि कार्य नगरियोस् ।’

विपक्षी दलले सरकारले सुशासन कायम गर्न नसकेको, अदालतमा मुद्दा खेपिरहेका व्यापारीलाई प्रधानमन्त्रीले नै पक्षपोषण गरेको, करिब १ अर्ब रुपैयाँ बराबरको घरजग्षा दानका रुपमा लिएको आरोप पनि लगाएका छन् ।

ज्ञापनपत्र बुझाएपछि संचारकर्मीसँग कुरा गर्दै माओवादी केन्द्रका नेता शक्ति बस्नेतले झण्डै १ सय दिन हुन लाग्दा समेत सरकारको काम प्रभावकारी हुन नसकेको लगायतका विषयलाई लिएर ध्यानाकर्षण गराएको बताए ।

ज्ञापनपत्रमा विपद्ममा सरकारको व्यवस्थापन असफल भएको, सार्वजनिक संस्थानहरुमा राजनीतिक हस्तक्षेप भएको, सहकारी ठगीमा कारबाही गर्ने सन्दर्भमा सत्ता गठबन्धनभित्रका व्यक्तिलाई उन्मुक्ति दिएर भेदभाव गरिएको लगायतका विषय पनि उल्लेख छ ।

ज्ञापनपत्रमा भनिएको छ, ‘मुलुकका जल्दाबल्दा समस्या समाधानका विषयमा सरकार निष्क्रिय, गैरजिम्मेवार र योजना विहीन देखिन्छ ।’

ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जल्दाबल्दा समस्या समाधानका लागि संवादको प्रक्रिया सुरु हुनु खुसीको विषय भएको बताएको नेता बस्नेतले जानकारी दिए ।

ज्ञापनपत्रमा तत्काल गर्नुपर्ने कार्यहरु भन्दै १३ बुँदे सुझाव दिइएको छ । जसमा बाढी, पहिरो पीडितले अझै राहत पाउन नसकेको भन्दै सात दिनभित्र सबैलाई रकम उपलब्ध गराउन भनिएको छ ।

यस्तै सहकारी पीडितको बचत फिर्ता हुने सुनिश्चित गर्न, विद्युत प्राधिकरण लगायतका संस्थामा भएको सरकारी हस्तक्षेप बन्द गर्न तथा राजनीतिक दल सम्बन्धि कुनै पनि अध्यादेश जारी नगर्न ध्यानाकर्षण गराइएको छ ।

ज्ञापनपत्र बुझाउनका लागि पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, रास्वपाका उपाध्यक्ष डिपी अर्याल, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, कार्यदलका सदस्यहरू शक्ति बस्नेत, राजेन्द्र पाण्डे, शिशिर खनाल लगायत नेताहरू बालुवाटार गएका थिए ।

पूर्ण पाठ 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved