माल्दिभ्सविरुद्ध नेपालको ११ गोल, रेखाको पाँच र प्रीतिको ह्याट्रिक

नेपालभ्युज

माल्दिभ्सविरुद्ध नेपालको ११ गोल, रेखाको पाँच र प्रीतिको ह्याट्रिक

काठमाडौं । साफ महिला च्याम्पियनसिपमा माल्दिभ्सविरुद्ध नेपालले ११-० को फराकिलो अन्तरको जित हासिल गरेको छ ।

दशरथ रंगशालामा भएको खेलमा रेखा पौडेल एक्लैले पाँच गोल गरिन । यस्तै प्रीति राईले पनि ह्याट्रिक गरिन् । सविता राना मगर, अनिता केसी र अमिसा कार्कीले एक-एक गोल गरे ।

 च्याम्पियनसिपमा दुई खेलबाट ४ अंक जोडेको नेपाल समूह बी मा शीर्ष स्थानमा छ ।

दुई खेलबाट समान ४ अंक भएपनि भुटान गोल अन्तरमा पछि छ । श्रीलंकाको ३ अंक छ । लगातार दुई खेल हारेपछि माल्दिभ्स समूह चरणबाटै बाहिरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved