सन् १९२४ मै सगरमाथा आरोहणको प्रयास, १०० वर्षपछि भेटियो बेपत्ता आरोहीको जुत्तामोजा

नेपालभ्युज

सन् १९२४ मै सगरमाथा आरोहणको प्रयास, १०० वर्षपछि भेटियो बेपत्ता आरोहीको जुत्तामोजा

काठमाडौं । सगरमाथामा १०० वर्ष पहिले आरोहण प्रयास गरेका एक आरोहीको जुत्तामोजा भेटिएको छ ।

सीएनएनकाअनुसार नेशनल जियोग्राफिक डकुमेन्ट्री टोलीले गत सेप्टेम्बरमा सगरमाथाको हिमनदीबाट जुत्तामोजा फेला पारेको हो । उक्त जुत्ता एन्ड्रयु स्यान्डी इरभिनको हो ।

सन् १९२४ मा एन्ड्रयु र जर्ज म्यालोरी सगरमाथा आरोहण गर्न त्यसतर्फ गएका थिए । तर, दुवैजना आरोहणका क्रममा बेपत्ता भए । जर्ज सन् १९९९ मा मृत फेला परेका थिए ।

सन् २०२४ को सेप्टेम्बरको अन्तिम साता नेशनल जियोग्राफिकको टोलीले एन्ड्रयुको जुता र जुत्ताभित्र रहेको खुट्टा फेला पारेको हो ।

एन्ड्रयु र जर्ज सगरमाथाको चुचुरोमा पुगे कि पुगेनन् भन्ने अझै प्रमाण भेटिएको छैन । एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा आरोहण गर्नुभन्दा तीन दशकअगाडि नै सगरमाथा एन्ड्रयु र जर्ज आरोहणका लागि गएका थिए ।

डकुमेन्ट्री टोलीका निर्देशकअनुसार उनीहरूले सगरमाथाको उत्तरी मोहडाभन्दा तल रहेको रोङबुक हिमनदीमा एन्ड्रयुको उक्त जुत्ता फेला पारेका हुन् ।

सो स्थानमा मोजा पनि भेटिएको छ । त्यसमा सेतो फित्तामा रातो अक्षरमा एन्ड्रयुको नाम लेखिएको थियो ।

जुत्ताभित्र भेटिएको खुट्टाको अवशेष एन्ड्रयुको हो कि होइन भनेर जाँच गर्न डीएनए परीक्षण गरिने भएको छ । एन्ड्रयुको परिवारले पनि डीएनए जाँचका लागि नमुना दिने बताएका छन् ।

सन् १९०२ मा जन्मिएका एन्ड्रयु सगरमाथा आरोहणका लागि जाने तेस्रो बेलायती आरोही टोलीका सदस्य थिए । एन्ड्रयु र जर्ज सन् १९२४ को ८ जुनमा सगरमाथा आरोहणका क्रममा हराएका थिए ।

यी दुई जना सगरमाथाको चुचुरोभन्दा आठ सय फिट तलसम्म पुगेको अनुमान छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved