राष्ट्रपति पौडेलद्वारा बडीमालिकाको दर्शन

नेपालभ्युज

राष्ट्रपति पौडेलद्वारा बडीमालिकाको दर्शन

बाजुरा । राष्ट्रपति रामचन्द्र पौडेलले धार्मिकस्थल बडीमालिका मन्दिरको दर्शन एवम् पूजा अर्चना गरेका छन् ।

राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित बिहीबार बिहान बाजुरास्थित त्रिवेणी नगरपालिका-९ मा पर्ने बडीमालिकाको पूजाअर्चना गरी टीका प्रसाद ग्रहण गरेका हुन् ।

बडीमालिका मन्दिरमा पूजा एवम दर्शनको लागि भक्तजन आउने गर्दछन् ।

राष्ट्रपति पौडेलले आजै त्रिवेणी नगरपालिका-७ मा रहेको नाटयश्वरी मन्दिरको नवनिर्मित भवन उद्घाटन गर्ने कार्यक्रम छ । उनी उक्त कार्यक्रममा सहभागी हुन बुधबार सुर्खेत आइपुगेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved