धर्मशालाबारे बालेन भन्छन् – देश चलेको त मारवाडी सेवा समितिले पो रहेछ !

नेपालभ्युज

धर्मशालाबारे बालेन भन्छन् – देश चलेको त मारवाडी सेवा समितिले पो रहेछ !

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले गौशाला धर्मशाला खाली गराउन खोज्दा नेपाल प्रहरीले मारवाडी सेवा समितिको संरक्षण गर्न खोजेको आरोप लगाएका छन् ।

बुधबार धर्मशाला खाली गराउन पुगेको महानगर प्रहरी र मारवाडी सेवा समितिबीच झडप भएको थियो । झडपबीच ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

सोही विषयमा बालेनले असन्तुष्टि व्यक्त गरेका हुन् । नेपाल प्रहरीले महानगरलाई सहयोग नगरेको उनको भनाइ छ ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘महानगरलाइ धर्मशाला तथा असक्तहरुलाइ निसुल्क खाना र औसधि उपचार गर्न भनेर दिएको कुरा अहिलेलाइ सम्रचना महानगरले संरक्षण गर्न खोज्दा नेपाल प्रहरीले महानगरलाई हस्तक्षेप गरेर त्यो समितीको संरक्षण गर्छ भने बुझे हुन्छ देश चलेको त यस्तै सेवा समितीले पो रहेछ ।’

उनले थप लेखे, ‘अनि हामी चाहिँ देश प्रहरी र सरकारले देश चलाएको भन्दै भ्रममा रहेछौ ।’

गौशालामा महानगर प्रहरी र मारवाडी सेवा समितिबीच झडप

गौशाला धर्मशालामा महानगरले राख्यो आफ्नो ब्यानर


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved