काठमाडौं । लोकप्रिय गायक राजेशपायल राईलाई आफ्नै गीतमा कपीराइट लागेको छ ।
गायक राईले आफ्नै गीतमा आफैँलाई कपीराइट लाग्न थालेको आधिकारिक र प्रमाणित फेसबूकमार्फत जानकारी दिएका छन् ।
“मेरो राइट्समा रहेका अधिकांश गीतहरू हालै मैले खोलेको अडियो प्ल्याटफर्ममार्फत डाउनलोड गर्न खोज्दा उल्टै मलाई कपीराइट लागेको सूचित गर्दछु,” गायक राईले भनेका छन् ।
उनले अन्य प्लेटफर्ममा रहेका गीतहरू हटाउन चेतावनी दिएका छन् । अन्यथा कानूनी उपचारमा जाने उनले बताएका छन् । “तपाईंले राख्नुभएको मेरो गीतहरू तुरुन्त डिलेट गर्नुहोला, अन्यथा म कानूनको उपचारमा लाग्नेछु,” उनले भने ।
एम्युज नामक संगीत वितरण कम्पनीको प्लाटफर्ममा राईलाई कपिराइट लागेको हो । यो कम्पनीले स्पोटीफाइ, एप्पल म्युजिक, अमेजन म्युजिकजस्ता प्लाटफर्ममा गीत उपलब्ध गराउँदै आएको छ ।
Facebook Comment
Comment