राष्ट्रपतिले ३ देखि ५ बजेसम्म सर्वसाधारणलाई टीका लगाइदिने

नेपालभ्युज

राष्ट्रपतिले ३ देखि ५ बजेसम्म सर्वसाधारणलाई टीका लगाइदिने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले २६ असोजमा ३ देखि ५ बजेसम्म सर्वसाधारणलाई दशैंको टीका लगाइदिने भएका छन् । राष्ट्रपति कार्यालयले मंगलबार जारी गरेको सूचनामा टीका लगाउने समयतालिका सार्वजनिक गरिएको छ ।

राष्ट्रपति पौडेलले ३ देखि साढे ३ बजेसम्म विशिष्ट व्यक्तिहरूका लागि र साढे ३ देखि ५ बजेसम्म सर्वसाधारणलाई टीका लगाइदिने राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता वसन्तप्रसाद पन्थीले जानकारी दिए ।

राष्ट्रपति कार्यालयले विशिष्ट व्यक्तिहरुको सूचिमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीश, मन्त्रीहरु, सांसद, प्रदेश प्रमुख, न्यायधीश, संवैधानिक निकायका पदाधिकारी र निजामती, जंगी तथा प्रकरीतर्फका अधिकृतस्तरका कर्मचारीलाई राखेको छ ।

यस्तै इच्छुक आमनागरिकका लागि अपराह्न ३ः३० बजे देखि ५ बजेसम्म टीका तथा प्रसाद प्रदान गरिने सहायक प्रवक्ता वसन्तप्रसाद पन्थीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । टीका ग्रहण गर्न आउने व्यक्तिका लागि मर्यादित पोशाक र प्रवेश गर्न प्रवेशद्वार नं १ तोकिएको पनि विज्ञप्तिमा जनाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved