हेटौंडा–काठमाडौं जोड्ने ३ सडक सञ्चालनमा

नेपालभ्युज

हेटौंडा–काठमाडौं जोड्ने ३ सडक सञ्चालनमा

काठमाडौं । हेटौंडा–काठमाडौं जोड्ने तीन वटा सडक सञ्चालनमा ल्याइएको छ ।

हेटौंडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौं, कुलेखानी–फाखेल–हुमानेभन्ज्याङ–फर्पिङ–काठमाडौ र कुलेखानी–महालक्ष्मीखोला–चखेल–मातातीर्थ–काठमाडौं  सडक सञ्चालनमा ल्याएको बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री अमनकुमार मास्केले जानकारी दिए ।

असोज १० देखि १२ गतेसम्म   परेको  अविरल वर्षाका कारण र कुलेखानी जलविद्युत केन्द्रले पानी छोड्दा काठमाडौंबाट हेटौंडा जोड्ने सडकहरु अवरुद्ध भएका थिए ।

मन्त्री मास्केका अनुसार दशैंलाई लक्षित गरेर  सडक खुलाइएको हो । दीर्घकालिन तरिकाले योजना बनाएर काम गर्ने पनि उनले बताए ।

कुलेखानी–सिस्नेरी खण्डको ज्यामिरेमा, कुलेखानी–फाखेल खण्डको महालक्ष्मी खोलामा, कुलेखानी ड्याम क्षेत्रमा र दक्षिणकाली नगरपालिका क्षेत्रमा गरी ५ वटा डाइभर्सन निर्माण गरिएको छ  ।

सिस्नेरी र फाखेल सडकलाई ‘वान वे’ बनाउने विषयमा छलफल भइरहेको पनि उनले बताए ।  त्रिभुवन राजपथ भने यसअघि नै सञ्चालनमा ल्याइएको थियो । कान्तिलोकपथ  भने अझै  अवरुद्ध छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved