खाद्यले भित्र्यायो खसीबोका, छुटसहित किलोको ६६० मा बिक्री गरिने (तस्वीरहरु)

खाद्यले भित्र्यायो खसीबोका, छुटसहित किलोको ६६० मा बिक्री गरिने (तस्वीरहरु)

काठमाडौं। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंको लागि  खसीबोका र  च्याङ्ग्रा भित्र्याएको छ ।

कम्पनीले खसीबोका र च्याङ्ग्रा प्रादेशिक कार्यालय थापाथलीबाट असोज २० गते आइतबार (आज) देखि बिक्री वितरण सुरु गरेको हो ।

कम्पनीले दशैंमा १५०० खसीबोका र  ३०० च्याङ्ग्रा गरी जम्मा १८ सय बेच्ने लक्ष्य राखेको छ ।

जिउँदो खसीको मूल्य प्रतिकिलो ६७० निर्धारण गरी १० रुपैयाँ छुट गरेर ६६० रुपैयाँ र च्याङ्ग्रा जिउँदो प्रतिकिलो १२२० रुपैयाँमा बिक्री गर्ने भएको छ।

कम्पनीले मकवानपुरबाट खसीबोका र मुस्ताङबाट च्याङ्ग्रा काठमाडौं झिकाएको हो।

तस्वीरहरु:- 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved