हिँडियो घर ! (तस्वीरहरू)

उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाह पथको तथ्याकअनुसार असोज १४ देखि १७ गते बिहानसम्म काठमाडौंबाट बस र माइक्रोमा ५६ हजार ९५६ जना, ट्रकमा ७ हजार ७४९ जना र निजी सवारीमा १३ हजार ६२८ जनाले उपत्यका छाडेका छन् ।

हिँडियो घर ! (तस्वीरहरू)

काठमाडौं । दशैं नजिकिएसँगै काठमाडौं उपत्यकाबाट घर फर्किनेहरूको लर्को लागेको छ ।

त्यसमध्ये झन्डै २ लाख बाहिरिसकेका छन् । रोजगार, अध्ययन तथा अन्य प्रयोजनका लागि काठमाडौं आएका उनीहरूलाई घर फर्किन हतार छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाह पथको तथ्याकअनुसार असोज १४ देखि १७ गते बिहानसम्म काठमाडौंबाट बस र माइक्रोमा ५६ हजार ९५६ जना, ट्रकमा ७ हजार ७४९ जना र निजी सवारीमा १३ हजार ६२८ जनाले उपत्यका छाडेका छन् ।

सरकार र यातायात व्यवसायीको पहलमा असोज १२ गतेदेखि दशैंका लागि अग्रिम टिकट खुलेको थियो । टिकट काटेकाहरू धमाधम काठमाडौं छाडिरहेका छन् । जसमध्ये हामीले गोङ्गबु बसपार्कका तस्वीरहरू समेटेका छौँ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved