रविको अगाडि नाराबाजी- सहकारीको पैसा फिर्ता गर !

नेपालभ्युज

रविको अगाडि नाराबाजी- सहकारीको पैसा फिर्ता गर !

चितवन । पूर्वउपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध चितवनमा नाराबाजी भएको छ ।

शुक्रबार सार्वजनिक सुनुवाइका लागि यहाँ झरेका रविविरुद्ध मुग्लिन बजारमा सहकारी पीडितहरूले नाराबाजी गरेका हुन् ।

उनीहरूले ‘सहकारीको पैसा फिर्ता गर’, ‘सहकारी पीडितलाई न्याय दे’लगायतका नाराबाजी लगाएका थिए ।

कार्यक्रम सकेर फर्किएका रवि मुग्लिन बजार आइपुगेका थिए, त्यसैबेला पीडितहरूले उनीविरुद्ध नाराबाजी गरेका हुन् ।

सार्वजनिक सुनुवाइकै क्रममा रविले सहकारीसँग सम्बन्धित धेरै प्रश्नहरूको सामना गर्नुपरेको थियो ।

यद्यपि, सहकारीसम्बन्धी गठित विशेष संसदीय समितिले भने सहकारी ठग्ने मामिलामा व्यक्तिगत रूपमा रवि दोषी नभएको निष्कर्ष निकालेको छ ।

तर, संस्थागत रूपमा भने उनको दोष देखिएको समितिको प्रतिवदेनमा उल्लेख छ । प्रतिवेदनमा गोर्खा मिडियामा सहकारीको पैसा लाने काममा उनक भूमिका देखिएको छ ।

अझ पक्राउ परिसकेका उनका साझेदार छवि जोशीले त त्यसको मुख्य योजनाकार नै रवि भएको बयान दिएका छन् ।

  • सम्बन्धित समाचार

मतदाताको प्रश्न- सरकारमा किन जानुभयो, रविको जवाफ- सिंहदरबार कसरी चल्छ भन्ने जान्नु थियो


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved