काठमाडौं आइपुग्यो मुस्ताङको च्याङ्ग्रा, प्रतिकिलो १३०० रुपैयाँ (तस्वीरहरू)

अहिले बल्खुमा प्रतिकेजी १३०० रुपैयाँमा जिउँदो च्याङ्ग्रा बिक्री वितरण भइरहेको छ । गत वर्ष च्याङ्ग्रा प्रतिकिलो १२५० रुपैयाँमा बिक्री भएको थियो

काठमाडौं आइपुग्यो मुस्ताङको च्याङ्ग्रा, प्रतिकिलो १३०० रुपैयाँ (तस्वीरहरू)

काठमाडौं । दशैंलाई लक्षित गरी निजी क्षेत्रले मुस्ताङबाट खरिद गरि ल्याएको च्या‌ङ्ग्राको पहिलो लट बल्खुस्थित खसी बजारमा आइपुगेको छ ।

मुस्ताङबाट असोज १३ गते आइतबार ५ हजार वटा च्याङ्ग्रा काठमाडौं लगायतका शहरका लागि हिँडाइएको थियो । त्यसमध्येको पहिलो लटमा करिब १५०० च्याङ्ग्रा र केही भेडा बल्खुस्थित खसीबजारमा आइपुगेको हो ।

अहिले बल्खुमा प्रतिकेजी १३०० रुपैयाँमा जिउँदो च्याङ्ग्रा बिक्री वितरण भइरहेको छ । गत वर्ष च्याङ्ग्रा प्रतिकिलो १२५० रुपैयाँमा बिक्री भएको थियो ।

बल्खुका व्यापारीका अनुसार यस वर्ष मुस्ताङ लगायतका हिमाली क्षेत्रबाट करिब ५ हजार च्या‌ङ्ग्रा ल्याउने तयारी छ ।

तस्वीरहरु-

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved