आजदेखि नवरात्री सुरु : शक्तिपीठमा श्रद्धालुको घुइँचो (तस्वीरहरू)

पहिलो दिन अर्थात् घटस्थापनाको दिन, शैलपुत्री देवीको पुजा आराधना गरिन्छ। शैलपुत्रीलाई हिमालयकी पुत्रीका रूपमा पुजिन्छ।

आजदेखि नवरात्री सुरु : शक्तिपीठमा श्रद्धालुको घुइँचो (तस्वीरहरू)

काठमाडौँ। हिन्दु धर्मावलम्बीको सबैभन्दा ठूलो चाड दशैं आजबाट सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदादेखि आश्विन पूर्णिमा सम्म मनाइने दशैंको मुख्य आकर्षण नवरात्रि, अर्थात् नौ दिनसम्म चल्ने दुर्गा पूजा हो।

नवरात्रिका नौ दिनहरूलाई असत्यमाथि सत्यको विजयको प्रतीकको रूपमा मानिन्छ, जसमा देवी दुर्गाका नौ रूपहरूको  पूजा गरिन्छन्।

पहिलो दिन अर्थात् घटस्थापनाको दिन, शैलपुत्री देवीको पुजा आराधना गरिन्छ। शैलपुत्रीलाई हिमालयकी पुत्रीका रूपमा पुजिन्छ। यस दिन घरघरमा जमरा राख्ने परम्परा छ।

आज काठमाडौं उपत्यका लगायत देस भरिको शक्तिपिठमा दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ। काठमाडौंको नक्साल, मैतीदेवी, भद्रकाली, शोभाभगवती लगायतका शक्तिपिठहरुमा बिहानै देखि  दर्शनार्थीको भिड लागेको छ। आज बिहानै देखि परेको झरिले भने दर्शन गर्न केही असहज बनाएको छ।

तस्वीरहरु:-


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved