देखिन छाड्यो फेसबुकमा फलोअर्सको संख्या !

नेपालभ्युज

देखिन छाड्यो फेसबुकमा फलोअर्सको संख्या !

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा कुनै व्यक्ति वा संस्थाको पेज तथा प्रोफाइल खोल्दा एकमुस्ट रूपमा फलोअर्सको संख्या देखिन छाडेको छ ।

बुधबार बिहानदेखि विश्वव्यापी रूपमै यस्ता फेसबुक पेजबाट फलोअर्सको सङ्ख्या देखिन छाडेको हो ।

फेसबुकका मालिक मार्क जुकरबर्गको प्रोफाइलमा फलोअर्सको संख्या देखिएको छैन । साथै, राजनीतिज्ञ, चर्चित व्यक्तिहरूको फेसबुक पेजमा पनि फलोअर्सको संख्या देखिएको छैन ।

यो फेसबुकले ल्याएको नयाँ फिचर हो या कुनै समस्या हो भनेर स्पष्ट भइसकेको छैन । फेसबुकले पनि यसबारे कुनै जानकारी दिएको छैन । यसबारे अन्तराष्ट्रिय सञ्चारमाध्यममासमेत कुनै खबर आएको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved