इरानले मिसाइल आक्रमणको तयारी गरेपछि इजरायलमा हाई अलर्ट जारी

नेपालभ्युज

इरानले मिसाइल आक्रमणको तयारी गरेपछि इजरायलमा हाई अलर्ट जारी

एजेन्सी ।  इरानले इजरायलमा मिसाइल आक्रमणको तयारी गरिरहेको खबर बाहिरिएको छ ।

केही घण्टामै इरानले इजरायलमाथि मिसाइल आक्रमण गर्नसक्ने अनुमान गरिएको छ ।

आक्रमणको संकेत पाएपछि इजरायलमा हाई अलर्ट घोषणा गरिएको छ । नागरिकहरुलाई बंकरमा जानका लागि साइरन बजेको बीबीसीले जनाएको छ ।

अमेरिकाले इरानले छिट्टै इजरायलमा मिसाइल आक्रमणको तयारी गरिरहेको सूचना साझा गरेको थियो ।

अमेरिकाले इजरायलमा रहेको आफ्नो दूतावास भवनमा रहेका कर्मचारी र उनीहरूका परिवारका लागि यस्तो सूचना जारी गरेको थियो ।

यसअघि इरानले १३ अप्रिलमा पनि इजरायलमा थुप्रै मिसाइल हानेको थियो । तर, त्यसबेला धेरै मिसाइल इजरायलले असफल बनाएको थियो ।

यसपटकको हमला त्योभन्दा ठूलो हुने अनुमान गरिएको छ ।

एक अमेरिकी अधिकारीले इजरायलमा आक्रमणले इरानका लागि गम्भीर परिणाम निम्त्याउने चेतावनी दिएका छन् ।

इरानसमेत युद्धमा होमिए मध्यपूर्वमा ठूला संकट निम्तन सक्ने अडकल काट्न थालिएको छ ।

अपडेट :

इजरायलमा इरानको मिसाइल आक्रमण सुरु, देशभर खतराको साइरन बज्यो


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved