एजेन्सी । इरानले इजरायलमा मिसाइल आक्रमण सुरु गरेको छ ।
इजरायली सुरक्षा बल आइडीएफले देशमा मिसाइल आक्रमण भइरहेको जानकारी दिएको छ ।
इरानले पनि इजरायलमा मिसाइल आक्रमण थालेको पुष्टि गरेको छ । हमास नेता इस्माइल हनिया र हिजबुल्लाह नेता हसन नसरल्लाहको हत्याको बदलामा यो आक्रमण गरिएको इरानी रिभ्युलसनरी गार्ड्सले बताएको छ ।
इजरायलका धेरै शहरमा अहिले इरानी मिसाइलको लर्को देखिएको छ । आइडीएफले देशभरी नै इरानी मिसाइल आक्रमण जारी रहेको पछिल्लो बयानमा उल्लेख गरेको छ ।
सम्पूर्ण इजरायलमा खतराको साइरन बजाइएको छ । मानिसलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ । अहिलेसम्म क्षतिको विवरण प्राप्त नभएको बीबीसीले जनाएको छ ।
यसअघि अमेरिकाले इरानले आक्रमणको तयारी गरेको सूचना पाएको भन्दै आफ्नो दूतावास भवनमा रहेका कर्मचारी र उनीहरूका परिवारका लागि अलर्ट जारी गरेको थियो ।
इरानले १३ अप्रिलमा पनि इजरायलमा थुप्रै मिसाइल हानेको थियो । तर, त्यसबेला धेरै मिसाइल इजरायलले असफल बनाएको थियो ।
यसपटकको हमला त्योभन्दा ठूलो हुने अनुमान गरिएको छ । एक अमेरिकी अधिकारीले इजरायलमा आक्रमणले इरानका लागि गम्भीर परिणाम निम्त्याउने चेतावनी दिएका छन् ।
यो पनि पढ्नुहोस :
इजरायलको जाफामा गोलाबारी, धेरै मानिस हताहत
Facebook Comment
Comment