नेपाली उत्पादन अब थाइ बजारमा

नेपालभ्युज

नेपाली उत्पादन अब थाइ बजारमा

काठमाडौं । जनता एग्रो एण्ड फरेष्ट्रि र थाइल्यान्डको बिजम्याच सोलुसन बिच सम्झौतामा हस्ताक्षर भएको छ । नेपालमा उत्पादन गरिएका प्रोडक्टहरुलाई थाईल्याण्डमा प्रमोट गर्ने उदेश्यका साथ उक्त सम्झौतामा हस्ताक्षर गरिएको हो ।

सम्झौतामा सेप्टेम्बर २५ मा बिजम्याच सोलुसनका तर्फबाट अध्यक्ष तथा सह–संस्थापक चित्रा मङ्गमा तथा जनता एग्रो एण्ड फरेष्ट्रिको तर्फबाट मार्केटिङ विभागका म्यानेजर आशिष सिलवाल र निसा देवकोटाले हस्ताक्षर गरेका हुन् ।

उक्त संस्थासँग सहकार्य गरी बैङ्कक बजारमा नेपाली उत्पादनलाई निर्यात गरी “मेड इन नेपाल” भनेर बजारीकरण गर्ने योजना रहेको छ । व्यावसायिक कृषि, वनपैदावर, जडीबुटी तथा अन्य सम्बन्धित व्यवसायको विकास गर्दै नेपाली उत्पादनलाई विश्व बजारमा निर्यात गरी राष्ट्रिय अर्थतन्त्रलाई सबल तथा दिगो बनाउने लक्ष्य रहेको जनता एग्रो एण्ड फरेष्ट्रिले जनाएको छ ।

कृषि क्षेत्रमा प्रचुर सम्भावना रहेको हाम्रो देश नेपालमा सानो लगानीबाटै प्रशस्त परिणाम प्राप्त गर्न सकिने तथा नेपाली उत्पादनलाई विदेशमा निर्यात गरी अर्थतन्त्रमा महत्वपुर्ण योगदान गर्न सकिने विश्वासका साथ जनता एग्रो एण्ड फरेष्ट्रिले बिजम्याच सोलुसनसंग उक्त समझदारी गरिएको जनाएको छ ।

संस्थाले विदेशी संस्थासँग सहकार्य गर्दा नेपालको उत्पादनलाई विश्व बजारमा प्रवर्द्धन गर्ने र उद्यमशीलता विकासका लागि उपयुक्त वातावरण सिर्जना गर्ने हुँदा जनता एग्रो एण्ड फरेष्ट्रिले बिजम्याच सोलुसनसँगको सहकार्यमा नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा सफल बनाउन प्रतिबद्धता व्यक्त गरेको छ । यो सहकार्यले नेपाली उत्पादनलाई विश्व बजारमा थप अवसर प्रदान गर्नेछ ।

संस्थागत एवं संयुक्त दायित्वहरू पुरा गर्ने प्रतिबद्धता सहित सम्झौतामा हस्ताक्षर गरी सहकार्यलाई अगाडि बढाइने छ । बिजम्याच सोलुसनका अधिकारीहरु नोभेम्बरमा नेपाल भ्रमणमा आउँदै छन् । जसबाट नेपाली उत्पादनको सम्भावना तथा विविधताबारे अझबढी जानकारी बटुल्ने छन् जसले नेपाली प्रोडक्डको प्रमोटमा अझै बढी सुदृढ हुने विश्वास संस्थाले गरेको  छ ।

जनता एग्रो एण्ड फरेष्ट्रिले नेपालमा उत्पादन हुने प्रोडक्टलाई नेपाल लगायत विश्व बजारमा प्रमोशन तथा प्रोत्साहनका निम्ती विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको जनाएको  छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved