काठमाडौं । मकवानपुरमा पहिरोमा परेर मृत्यु भएका एन्फा एकेडेमीका दुईजना फुटबलरको आज अन्त्येष्टि गरिएको छ ।
दिवस बानिया र प्रियंस आचार्यको पशुपति आर्यघाटमा सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।
मकवानपुरस्थित एन्फको तालिम केन्द्रमा ज्यान गुमाएका ६ जना किशोर खेलाडीमध्ये दुईजनाको काठमाडौंमा अन्त्येष्टि गरिएको छ ।
आर्यघाटमा अन्त्येष्टि गरिँदा ठूलो संख्यामा मानिसहरु भेला भएका थिए । उनीहरुको पार्थिव शरीरमा एन्फा र नेपालको राष्ट्रिय झण्डा ओढाइएको थियो ।
पहिरोमा परेर दिवस बानिया, प्रियंस आचार्य, अनुपम घलान, साइमन योन्जन, विकल रेग्मी र आदित्य बलम्पाखीको मृत्यु भएको थियो ।
जसमध्ये अनुपम, साइमन र विकलको शव हेलिकप्टरमार्फत गृह जिल्ला मकवानपुर पठाइएको एन्फाले जनाएको छ । आदित्यको शव सर्लाहीको लालबन्दी पठाइएको छ ।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नं ३ स्थित श्री वात्सल्य देवी उच्च माविको प्रशिक्षण केन्द्रबाट सुरक्षित स्थानतर्फ जाँदै गर्दा पहिरोमा पुरिएर उनीहरुको मृत्यु भएको थियो ।
हेर्नुहोस अन्त्येष्टि गर्दाका तस्वीरहरु :

Facebook Comment
Comment