दक्षिण अफ्रिकामा भएको गोलीकाण्डमा १७ जनाको मृत्यु

नेपालभ्युज

दक्षिण अफ्रिकामा भएको गोलीकाण्डमा १७ जनाको मृत्यु

केप टाउन । दक्षिण अफ्रिकी प्रहरीले देशको पूर्वी केप प्रान्तमा १७ व्यक्तिलाई गोली हानी हत्या गरेपछि तत्काल खोजी सुरु गरेको अधिकारीले शनिबार बताएका छन् ।

शनिबार बिहान लुसिकिसिकी शहरमा उक्त घटना भएको पूर्वी केप प्रान्तीय सरकारले एक विज्ञप्तिमा जनाएको छ ।

‘आक्रमणका क्रममा एउटा घरमा १२ महिला र एक पुरुषसहित १३ जनाको ज्यान गएको छ भने अर्को घरमा पनि चार जनाको मृत्यु भएको छ,’ दक्षिण अफ्रिकी प्रहरी सेवा (एसएपीएस) का राष्ट्रिय प्रवक्ता एथलेन्डा माथेले विज्ञप्तिमार्फत जानकारी गराए ।

माथेले भने –आक्रमणमा कुल १५ महिला र दुई पुरुषको मृत्यु भएको छ । अठारौँ व्यक्ति गम्भीर घाइते भएको र उनको अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले फरेन्सिक विशेषज्ञ र अनुसन्धानकर्ताहरूको टोलीलाई घटनासँग जोडिएका तथ्य सङ्कलन गर्न खटाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved