मकवानपुरमा पहिरोमा पुरिएका ६ बालकको शव भेटियो, काठमाडौं ल्याइँदै

नेपालभ्युज

मकवानपुरमा पहिरोमा पुरिएका ६ बालकको शव भेटियो, काठमाडौं ल्याइँदै
सांकेतिक तस्वीर

काठमाडौं । मकवानपुरको इन्द्रसरोबर गाउँपालिकामा पहिरोमा बेपत्ता भएका ६ जना बालकको शव भेटिएको छ ।

उनिहरु बत्सलादेवी माविमा फुटबल प्रशिक्षणका गरिरहेका ४० जनामध्ये ६ जना शनिबार बिहान पहिरोमा पुरिएर बेपत्ता भएका थिए ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को समन्वयमा नेपाली सेनाले बालकहरुको शव लिन हेलिकप्टर पठाएको बताइएको छ ।

एन्फाले गत वर्षदेखि संचालन गरेको फुटबल प्रशिक्षणमा ४० जना बालकहरुले प्रशिक्षण लिइरहेका थिए ।

प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले  ६ जना बालकको शव लिन नेपाली सेनाको हेलिकप्टर विद्यालयमा आएको जानकारी दिए  ।

उनका अनुसार बाँकी ३४ जना बालकलाई पनि नेपाली सेनाको हेलिकप्टरमा काठमाडौं ल्याइनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved