पहिरोमा पुरिएर धादिङमा २ जना वेपत्ता

नेपालभ्युज

पहिरोमा पुरिएर धादिङमा २ जना वेपत्ता

काठमाडौ‌ं  । पहिरोमा पुरिएर धादिङको गजुरी गाउँपालिका २ मा दुई जना वेपत्ता भएका छन् ।

उनीहरु माछा मार्न खोलामा गएको अवस्थामा पहिरोले पुरिएर वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

स्थानीय तापी खोलामा माछा मार्न गएका बखत वर्षा हुँदा ओडारमा ओत लागेका उनीहरु पहिरोमा पुरिएको बताइएको छ ।

पहिरोमा पुरिनेमा  बेनिघाट रोराङ गाउँपालिका- ६ का ४० वर्षीय जनता चेपाङ र २० वर्षीय सन्त चेपाङ रहेको प्रहरीले बताएको छ ।

पहिरोमा पुरिएको खबर प्राप्त हुनासाथ प्रहरी टोली खोजी तथा उद्धारमा खटिएपनि फेला पार्न नसकेको बताइएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved