झापामा पर्‍यो सबैभन्दा धेरै पानी, सतर्कता अपनाउन अनुरोध 

नेपालभ्युज

झापामा पर्‍यो सबैभन्दा धेरै पानी, सतर्कता अपनाउन अनुरोध 

काठमाडौं । अहिले काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।

नेपालमा मनसुनी वायु कायमै रहेका बेला बंगालको खाडीबाट जलवाष्पयुक्त वायु प्रवेश गरेपछि वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार काठमाडौं उपत्यकासहित २० स्थानका वर्षा मापन केन्द्रमा खतराको तहसम्म पुगेको छ ।

सबैभन्दा बढी वर्षा झापाको चन्द्रगढी विमानस्थल क्षेत्रमा भएको छ । पछिल्लो २४ घण्टामा चन्द्रगढी विमानस्थलमा झन्डै २९७.४ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।

यसैगरी गौरादहमा २३९, अनारमनीमा २३४, केचनामा २३०, बाहुनडाँगीमा १९२ मिलिमिटर वर्षा भएको छ । इलामको कन्काई माइचुलीमा २६८ मिलिमिटर वर्षा मापन भएको छ ।

यसैगरी मोरङको बाहुनीमा १९७, विराटनगर विमानस्थलमा १९४ र सप्तरीको बरमझियामा १८८ मिलिमिटर वर्षा मापन भएको छ ।

वर्षा क्रमशः पश्चिमतिर पनि बढ्दै गएको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा पनि अहिले मध्यमदेखि भारी वर्षा भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved