काठमाडौंसहित देशभर अविरल वर्षा, जनजीवन प्रभावित (तस्वीरहरू)

काठमाडौंसहित देशभर अविरल वर्षा, जनजीवन प्रभावित (तस्वीरहरू)

काठमाडौं । उपत्यकासहित देशका विभिन्न भागमा झरीले जनजीवन प्रभावित भएको छ ।

गए रातीदेखिको अविरल वर्षाका कारण काठमाडौंमा बिहानैदेखि जनजीवन अस्तव्यस्त बनेको छ भने देशका धेरै ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिनभर देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । विशेष गरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।

तराईका केही भागमा हुरी बतासको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

आउँदो २४ घण्टाभित्र कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको र बागमती, गण्डकी तथा लुम्बिनीका एक-दुई स्थानमा अत्यधिक वर्षा हुनसक्ने चेतावनी दिइएको छ ।

तस्वीरहरू:- 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved