छविलाललाई निमोनिया, बयान रोकियो

नेपालभ्युज

छविलाललाई निमोनिया, बयान रोकियो

काठमाडौं ।  सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई निमोनिया भएको छ । सोही कारण मंगलबारदेखि सुरु भएको उनको बयान बुधबार रोकिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उनले  निमोनियाको औषधी सेवन गरिरहेका छन् । जोशीको बयानपछि पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउ गर्ने प्रहरीको  तयारी रहेको स्रोतले बताएको  छ ।

मंगलबार सरकारी वकिल र अनुसन्धान अधिकृतहरूले उनीसँग बयान सुरु गरेका हुन् । मौखिक रूपमा बयान लिएपनि लिखित बयान भने नभएको अनुसन्धान अधिकृतहरूले बताएका छन् ।

पूर्वडीआईजी जोशी, पूर्वगृहमन्त्री लामिछाने र सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राई व्यापारिक साझेदार हुन् । उनीहरुले सञ्चालन गरेको गोर्खा मिडिया नेटवर्कमा पाँचवटा सहकारीबाट ६५ करोड ५४ लाख अवैध तरिकाले आएको सूर्य थापा नेतृत्वको संसदीय विशेष छानबिन समितिको निष्कर्ष छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved