ममता हत्या प्रकरणमा नरेश भट्टले पाएनन् जमानत

नेपालभ्युज

ममता हत्या प्रकरणमा नरेश भट्टले पाएनन् जमानत

काठमाडौं। अमेरिकाको एक अदालतले  ममता काफ्ले बेपत्ता तथा हत्या प्रकरणमा काफ्लेका श्रीमान नरेश भट्टलाई धरौटीमा रिहा गर्न अस्वीकार गरेको छ  ।

न्यायधीशले ममता बेपत्ता हुनु र त्यसमा उनका पति भट्टको संलग्नताबारे नयाँ प्रमाण भेटिएपछि जमानत अस्वीकार गरेको बताइएको छ ।

ममताको शव अहिलेसम्म नभेटिएकोले आफूलाई हिरासतमा राखिराख्न नहुने दाबीसहित नरेशले धरौटीमा रिहा गर्न माग गरेका थिए ।

सुनवाइको क्रममा सरकारी वकिलले नरेशले ममताको शव टुक्रा–टुक्रा पारेर विभिन्न स्थानमा फ्याकेको प्रमाण पेस गरेका थिए ।

प्रिन्स विलियम काउन्टीका अभियोजनकर्ताले अदालतको कोठामा सरकारी वकिलले उनीहरुको घर र बाथरुममा काफ्लेको मृत शरीरको संकेत फेला पारेको बताएका थिए ।

ममता हराउने बित्तिकै नरेश कयौँ स्थानमा फोहोरको झोला फ्याक्न गएको सीसीटीभी फुटेजले देखाएको थियो ।

यी पनि पढ्नुहोस :

ममता काफ्ले प्रकरण: शव फालेको दाबीपछि प्रहरीले गुगलसँग माग्यो नरेशको लोकेसन हिस्ट्री

ममतालाई नरेशले नै हत्या गरेको प्रमाण अदालतमा पेस, १२ वटा पोका बनाएर फालेका थिए शव

नरेशका वकिलको दाबी : ममता जीवितै छिन्, अपरिचित महिलासँग निस्किएकी थिइन्

ममता काफ्ले प्रकरण : ब्लुस्टार प्रविधिले देखायो घरभित्र रगतका टाटा, फोटो सार्वजनिक

तीज मनाउन नेपाल आउने तयारीमा थिइन् ममता, प्रतीक्षामा सजिएको घर डुब्यो शोकमा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved